डेब्यु चलचित्र ‘महापुरूष’बाट आशाबादी अरुण र अञ्जना
भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरूष’ बाट डेब्यु गर्दैछन् अरुण क्षेत्री र अञ्जना बराईली । बाल्यकालदेखी नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठुलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेकाछन् । ‘मलाई डर नलागेको होइन । तर मैले त्यसलाई आत्मविश्वासमा बदलिए । उहाँहरूको आशिर्वाद लिएर डेब्यु गर्न पाउँदाको खुसी व्यक्त गर्ने शब्दनै मसँग छैन’, अरुणले भने । उनी चलचित्रमा अडिसन मार्फत सेलेक्ट भएका हुन् ।
जापानबाट अभिनयमा आफ्नो भविष्य देखेर नेपाल फर्किएका अरुणले निर्देशक प्रदीप भट्टराईसँग काम गर्ने योजना बनाएका थिए । तर उनको भेट हुनसकेको थिएन । उनले निर्देशक भट्टराईसँगै रबिन्द्र सिंह बानियाँलाई सम्पर्क गर्न प्रयास गरे । ‘त्यो समयमा उहाँहरूको जात्रै जात्रा रिलिज हुँदै थियो । त्यसैले पनि भेट् भएन । अहिले उहाँको चलचित्रबाट डेब्यु गर्ने अवसर पाएँ’, अरुणले भने ।
मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना पनि अडिसन मार्फत छानिएकी हुन् । उनी चलचित्रमा प्रतिष्ठाको भूमिकामा छिन् । ‘मैले केहि चलचित्रमा अडिसन पनि दिएकी थिएँ । एक चलचित्रमा सेल्केट भएर प्रतीक्षा गरें । तर त्यो चलचित्र बनेन् । यहाँ अडिसन दिएँ’, उनले भनिन् । मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाई पनि भएको छ । ‘म यहाँको लागि नौलो मान्छे । मलाइ रबिन्द्र दाई र प्रदीप दाईले राम्रोसँग गाइड गर्नु भयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो’, उनले भनिन् ।
अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका बानियाँले बताए ।‘हामीलाई चाहिएको कलाकार उहाँ दुईमा पायौँ । अडिसनमा दिइएको उहाँको प्रस्तुतिले प्रभाव छाड्यो । धेरैको अडिसन लिएता पनि भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ’, बानियाँले भने । आफूहरूले दया वा मायाले भन्दा पनि कलाकारिता हेरेर दुई नयाँ अनुहारलाई डेब्यु गराउने निर्णय लिएको बताए । ‘दिग्गज कलाकारहरुसँग स्क्रिनमा देखिएको कन्फीडेन्टले अन्जना र अरुणको भविष्य उज्वल छ, भन्ने लागेको छ’, उनले भने ।
कास्टिङ डिरेक्टरको रुपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणलाई षटकोण आर्ट्ससम्म पुर्याएका थिए । ‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले अरुणको बारेमा जानकारी दिए । अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ’, बानियाँले भने । अरुण र अञ्जनालाई वर्कशपमा केही समस्या भयो । चलचित्रको लागि नयाँ उनीहरूले क्यारेक्टरलाई बाच्न समय लिए । तर चलचित्रमा नयाँ कतै नदेखिने निर्देशक भट्टराई बताउछन् ।
‘हामीले नयाँ प्रतिभालाई स्थान दिनुपर्छ भनेर अडिसनमार्फत खोजेका हौँ । नयाँपुस्ताको कथा नयाँ मार्फत नै भन्न खोजेका छौँ’, निर्देशक भट्टराईले भने । चलचित्रमा काम गर्दा धेरै सिक्न पाएको अरुणले बताए । ‘पहिलो दृश्य देखि अन्तिमसम्म उहाँहरूबाट सिकेको सिकाईलाई आउँदो दिनमा प्रयोग गर्ने छु । मह जोडीले किन सम्मान पाउनु हुन्छ भन्ने काम गरेपछि झनै थाहा भयो । उहाँले आफू मात्र नभई हामीलाई समेत सिकाउदै राम्रो कलाकार बनाउनु भयो’, अरुणले भने ।
अञ्जना पनि अरुण झैँ महसँग अभिनयलाई बुझ्न पाएको बताउछिन् । ‘क्यारेक्टर बाच्न उहाँहरू मार्फत सिके । सरलता, सामीप्यता, सहयोगी भावले हामी जस्ता नयाँ कलाकारलाई धेरै हौसला र उर्जा थप्छ’, उनले भनिन् । छायांकन अवधिभर अविभावकको कमि महसुश नभएको समेत उनले बताइन ।
सामाजिक विषयवस्तुमा आधारित ड्रामामा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ । चलचित्रमा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु चलचित्र ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो चलचित्र लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका चलचित्र भन्दा झनै कन्फीडेन्ट छन् ।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
