चितवनमा आँचल पुग्दा झुम्मिए दर्शक

चितवनमा अभिनेत्री आँचल शर्मा दर्शक माँझ घेरिएकी छन् । सोमबार सिनेमा 'झिँगेदाउ'को दर्शक प्रतिक्रिया बुझ्न गृहजिल्ला चितवन पुगेकी आँचलले फ्यानको उल्लेख साथ् पाएकी हुन् ।
क्युएफएक्सको जलमा र इन्द्रदेव हल पुग्दा आँचलसंग फोटो खिच्ने दर्शकको उल्लेख्य भिड देखियो । सोमबार चितवनका हलमा 'झिँगेदाउ' ८० प्रतिशत माथिको अकुपेन्सीका साथ् प्रदर्शन भैरहेको छ ।
सिनेमा हेर्न विशेष गरि महिलाहरुको उपस्थिति बढी देखियो । परिवारसहित सिनेमा हेर्नेको संख्यापनि धेरै थियो । परिवारसहित सिनेमा हेर्न आएकी एक आमाले आँचल भेट्दा आफुलाई सम्हाल्न सकिनन् । आँचललाई अँगालो हाल्दै उनले आँशु बगाइन ।
शुक्रबारदेखि प्रदर्शनमा आएको 'झिँगेदाउ' यतिबेला सफलताका साथ् प्रदर्शन भैरहेको छ । सिनेमाको 'वर्ड अफ माउथ' बलियो रहेका कारण वीकडेजमा पनि दर्शक उर्लिएका छन् ।
आमा र छोरा-बुहारीहरुको कथा भन्ने सिनेमामा आँचलसंगै केकी अधिकारी, मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।
सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।
प्रदीप भारद्वाजको लेखन रहेको सिनेमा भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ । सिनेमा कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको हो ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal