Mansara

बफिन्स ९८ को ‘अनन्त सागरमा’ सार्वजनिक

२०७५ पौष २०

पप ब्यान्ड बफिन्स ९८ समुहको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘अनन्त सागरमा’ बोलको भिडियोलाई जीवन भाईले निर्देशन गरेका हुन ।

पोखराको पुरानो व्याण्ड बफिन्स ९८ ले सन् २०१५ मा सर्बजनीक गरेको एल्वम पराब्रीत्तमा यो गीत समावेश गरिएको थियो । गीतमा सन्जीव गुरुङको शब्द संगीत र स्वर रहेको छ । सन्जीव अहिले हङकङको क्योएजार एचके नामक ब्यान्डमा भोकलिस्टका रुपमा सक्रिय छन । बिगत १५ बर्ष देखी सन्जीव हङकङमा रहेर गीत संगीतमा सक्रिय छन् ।

हङकङ र कोरियामा छायाँकन गरिएको भिडियोलाई समुन्दीतटमा खिचिएको छ । भिडियोको छायाँकन र सम्पादन पनि निर्देशक जीवनले नै गरेका हुन ।