अर्को दशैंमा ‘अल्लारे २’, निर्देशक अशोक कि कृति ?

आफ्नै दर्शकलाई साक्षी राख्दै निर्माता अशोक शर्माले आगामी चलचित्रलाई अर्को दशैंमा प्रदर्शन गर्ने जनाएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रातो टिका निधारमा’को रोलिङ्ग क्रेडिटसँगै आगामी चलचित्र र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । स्कृनमा दिइएको जानकारी अनुरुप चलचित्रको नाम ‘अल्लारे २’ रहने छ ।
यो सन् १९९७ को चलचित्र ‘अल्लारे’को दोस्रो सिरिज हुनेछ । शर्माका अनुसार ‘अल्लारे २’ ‘अल्लारे’को सिक्वेलका रुपमा भने आउने छैन । यद्यपी यसको कथा पनि अल्लारे युवा युवतिकै वरिपरि घुम्नेछ । अहिले चलचित्रको थिम तयार पारिएको र स्कृप्टको काम केही दिनमा थालिने उनले बताएका छन् ।
बुझ्नमा आए अनुसार ‘अल्लारे २’ लाई शर्माकी छोरी कृति शर्माले निर्देशन गर्नेछिन । कृति अमेरिकमा फिल्म मेकिङ अध्ययन गरेर नेपाल फर्किएकी हुन् । हाल उनी अभिनेता खगेन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र ‘पानीफोटो’ मा सहायक निर्देशकको रुपमा काम गरिरहेकी छन् । ‘रातो टिका निधारमा’ मा पनि उनले सहायक निर्देशककै रुपमा काम गरेकी थिइन ।
तर, शर्माले कृति त्यति ठुलो जिम्मेबारी उठाउन अहिले नै तयार नभएका कारण ‘अल्लारे २’लाई आफैले निर्देशन गर्ने जनाएका छन् । उनले ‘अल्लारे २’ पछि भने निर्देशनमा पनि पुस्ता हस्तान्तरण गर्ने बताए ।
‘अल्लारे २’ सँगै शर्माले लगातार रुपमा तेस्रो पटक दशैंको अवसरमा चलचित्र प्रदर्शन गर्न लागेका हुन् । गएको वर्षको दशैंको फूलपातीमा ‘जय भोले’ र यस वर्षको घटस्थापनाको अवसरमा ‘रातो टिका निधारमा’ प्रदर्शनमा ल्याएका शर्माले २०७७ सालको दशैंमा ‘अल्लारे २’ प्रदर्शन गर्ने भएका हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal