ढोरपाटनबाट चलचित्र ‘ऐरी’को छायांकन शुरु

चलचित्र ‘ऐरी’को छायांकन शुरु भएको छ । जीवन थापाको निर्देशन रहेको चलचित्रको छायाँकन पश्चिम बागलुङको ढोरपाटन उपत्यकाबाट शुरु गरिएको हो ।
५० दिन सम्म चलचित्रको छायांकन ढोरपाटनमा हुने जनाइएको छ । त्यसपछि काठमाडौं र भारतमा समेत छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
बुधबारबाट शुरु भएको छायाँकनमा अभिनेता प्रदीप खड्का, अभिनेत्री चुम दरङ लगायत सहभागी भएपनि अर्को अभिनेता धीरज मगर र भुटानी अभिनेता सांगे सेल्ट्रिम आगामी साता मात्र छायांकन स्थल पुग्नेछन् । बलिउडका केही टेलिचलचित्र र चलचित्रमा समेत काम गरेकी अभिनेत्री चुमको यो पहिलो नेपाली चलचित्र हो । उनले केही समय नेपाली भाषा समेत सिकेको जनाइएको छ ।
नेपाली र हिन्दी भाषामा बन्ने चलचित्रको छायाँकन सेड्युल ३ महिना रहेको छ । यद्यपी भीएफएक्समा लामो समय लाग्ने भएकोले एक वर्षमा चलचित्रको निर्माण सकिने जनाइएको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal