‘अदृश्य’को गीत ‘एक चोटी’ सार्वजनिक
चलचित्र ‘अदृश्य’को ‘एक चोटी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेतलाई रोमान्टिक अवतारमा नृत्य गरिरहेको देख्न सकिन्छ ।
बिशाल पौडेलको शब्द तथा संगीत रहेको गीतमा संगीतकार पौडल र सिमा संग्रौलाको स्वर रहेको छ । प्रल्हाद काफ्लेको डेव्यु निर्देशन रहेको चलचित्रलाई मिना बस्नेत र उमारुद्रा काफ्लेले निर्माण गरेका हुन् । साउन १९ गतेबाट प्रदर्शनहुने चलचित्रका सहनिर्माता रविन अधिकारी र रिकेश खत्री हुन् ।
पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा प्रमोद र रिस्ताका अलवा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन र बनिश शाहको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
