Mansara

‘बाबरी’ले दर्शकको मन जित्नेमा विस्वस्त अदिति

२०७९ भाद्र २९
‘बाबरी’ले दर्शकको मन जित्नेमा विस्वस्त अदिति

चार वर्ष पछि पर्दामा फकर्दै छिन अदिति बुढाथोकी । सन् २०१८ को चलचित्र ‘कृ’ मा काम गरेपछि उनलाई अन्य चलचित्रबाट अफर नगएको होइन । तर, अदितिले अन्य चलचित्रमा काम गरिनन् । बरु होम प्रोडक्सनबाट चलचित्र निर्माण भयो र त्यसैमा अभिनय गरिन । अदितिको दोस्रो अनि होम प्रोडक्सनको पहिलो चलचित्र हो ‘बाबरी’ । चलचित्र असोज १४ गतेबाट प्रदर्शन हुँदैछ । दशैको छेकोमा प्रदर्शन हुन लागेको चलचित्रले यतिबेला प्रचारलाई तिब्र बनाएको छ ।

सुरेन्द्र पौडेल निर्देशित यो चलचित्रमा अदिति गाउकै केटीको भूमिकामा देखिएको भएपनि पढे–लेखेको, आफ्नो निर्णय आफै लिन सक्ने बोल्ड क्यारेक्टरमा छन् रे । यो भूमिका यसअघिको चलचित्र ‘कृ’ को भन्दा नितान्त भिन्न रहेको उनी जनउँछिन । त्यसो त मुम्बईमा बसेर संघर्ष गरिरहेकी अदितिका लागि यो भूमिका आफ्नो कम्फर्ट जोन भन्दा बाहिरको हो रे । यद्यपी उनी आफ्नो पात्रलाई आफुले सत् प्रतिशत न्याय गरेको बताउँछिन ।

त्यसो त चलचित्र ‘कृ’को निर्माणकै समयमा होम प्रोडक्सनबाट चलचित्र बनाउने पक्का भएकोले यो बिचमा बाहिरि ब्इानरमा काम नगरेको उनको भनाई छ । एकता तर्फ लामो ग्याप अनि अर्को तर्फ होम प्रोडक्सन भएकोले पनि ‘बाबरी’लाई लिएर उनी केही प्रेसर मै देखिन्छिन् । तर, चलचित्र राम्रो बनेको भन्दै दर्शकको मन जित्नेमा उनी विश्वस्त छिन ।

त्यसो त ‘कृ’मा छोटो भूमिकामा देखिएकी अदितिले ‘बाबरी’मा लामै स्पेस पाएकी छिन । उनी चलचित्रमा आफ्नो रोल कति लामो छ भन्नु भन्दा पनि कति महत्वपूर्ण छ भन्ने कुराले आफुलाई अर्थ राख्ने बताउँछिन । यसअर्थ उनी बाहिरि ब्यानरमा पनि काम गर्न तयार छिन ।

चलचित्रमा अदितिसँगै धिरज मगर र धिरज टोटलानीको मुख्य भूमिका रहेको छ । रोमान्टिक कमेडी जनराको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निर्देशक पौडेलकै सम्पादन र सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराको लेखन रहेको छ । चलचित्रका निर्माता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी हुन् ।