‘आँधि तुफान २’को शिर्ष गीत सार्वजनिक
लेखक तथा निर्माता मौनता श्रेष्ठले निर्माण गरेको सिनेमा ‘आँधि तुफान २’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री आरती आचार्य, यांशु श्रेष्ठ र सोनी बिसीलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको शिर्ष गीतको भिडियो गोवाको समुन्द्री तटमा खिचिएको हो ।
सुरेश अधिकारीको संगीत तथा हरी उप्रेतीको शब्द रचाना रहेको गीतमा सुवानी मोक्तानको स्वर छ । गीतको भिडियोमा अभि वाग्लेको कोरियोग्राफी हेर्न सकिन्छ । सिनेमा आगामी श्रावण २० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सस्पेन्स थ्रिलर सिनेमालाई व्यावसायीक रुपमा निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ ।
लेडिज एक्शन सिनेमाले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । २०६३ सालमा निर्माण भएको सुपरहिट सिनेमा ‘आँधि तुफान’को सिक्वेललाई मदन घिमिरेले निर्देशन गरेका छन् । सिनोमामा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन् ।
ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।
सिनेमामा सफल लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ । आरआर फिल्मस्ले ‘आँधि तुफान २’ वितरणको जिम्मेवारी सम्हालेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
