ज्यो. अधिकारीका ३ वटा गीत सार्वजनिक

प्रसिद्ध ज्यो पं डा. रुद्रनाथ अधिकारीका ३ वटा गीतको म्युजिक भिडियो एकसाथ रिलिज गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच डा. अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’ (राष्ट्रभक्ति गीत) , ‘आमा’ (मातृभक्ति गीत) र ‘आउन माया आऊ मेरो हात समाऊ’ (प्रेमिल गीत) का ३ भिडियो लोकार्पण गरिएको हो ।
वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद् भीमार्जुन आचार्यले डा। अधिकारीका सिर्जना र सक्रियताको तारिफ गरे । गीतकार संघका अध्यक्ष वसन्त थापाले डा. अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे । डा. अधिकारीले रचना गरेका गीतमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बू, सदीक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन् ।
भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा डा. अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ । लोकार्पण कार्यक्रममा पं डा. अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोडर क्षेत्रदेखि कार्गिलको युद्धलगायत इराक, अफगानिस्तान जस्ता युद्धग्रस्त क्षेत्रमा कार्य गर्दा पनि आफू सुरक्षित र कुशल रहेको, तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको र पटकपटक देशभित्रैका केही तत्वबाट परिवारै प्रताडित हुनुपरेको पीडा पोखे ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal