चलचित्र ‘अदालत’को गीत सार्वजनिक
चलचित्र ‘अदालत’को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘मिठो बोली’ बोलको गीत भिडियो साझेदारी सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । रोशन वान्तवा राईको संगीत, दिनेश लिङ्देनको शब्द रहेको गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ भने दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकालगायतका कलाकारहरुको अभिनय रहेको छ । मदन भुजेल, राजकुमार अधिकारी, रुद्र पाहिम लिम्बु र शान्ति लामाले यसै चलचित्रबाट डेब्यु गरेका हुन् ।
चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई चलचित्रमा देखाइएको बताए । चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायाँकन रहेको छ । चलचित्रमा बसन्त थेवे कार्यकारी निर्माता, आरपी दाहाल प्रस्तुतकर्ता, कविता राई लिङ्देन निर्माता र मेखबहादुर मगर सहनिर्माता हुन् । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र फागुन २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
