चलचित्र ‘अदालत’ को पोष्टर सार्वजनिक
प्रदर्शन मिति तय गर्दै चलचित्र ‘अदालत’ को पोष्टर सार्वजनिक गरिएको छ । दिनेश लिङ्देनको निर्देशन रहेको चलचित्र फागुन २४ गतेबाट प्रदर्शन आउने छ ।
चलचित्रमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकालगायतका कलाकारको अभिनय रहेको छ ।
फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्रलाई निर्देशक लिङ्देनले नै लेखेका हुन । समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई चलसिचत्रमा देखाइएको उनले जनाएका छन् । चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । चलचित्रमा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
