‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी

२०८२ मंसिर २०
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी

अभिनेता प्रदीपकुमार चौधरीले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । अभिनयमा रुचाइएका चौधरीले चलचित्र ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यु गर्न लागेका लागेका हुन् । चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ ।

यसै चलचित्रबाट मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारीले पनि ठूलो पर्दामा डेब्यू गगर्ने छन् । एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक चलचित्रमा काम गर्न पाउँदा उत्साहित छन् ।

चलचित्रको कथा, पात्र र निर्देशकको विश्वासले आफू ‘तरंग’मा जोडिएको बरुणले बताए । “मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,” उनले भने । आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् ।

फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन् । ‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुने ‘तरंग’ को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ ।

करिब २ करोड रुपैयाँ बजेटमा तयार हुन लागिरहेको चलचित्रको मुख्य भूमिकामा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्रका छायाकार महेश पौडेल  हुन् । चलचित्रलाई २०२६ भित्र रिलिज गरिने निर्माणपक्षले बताएको छ ।