'एक्टिङ स्टार' को प्रि-जज अडिसन सम्पन्न
एक्टिङ रियालिटी शो 'एक्टिङ स्टार' को प्रि-जज अडिसन सम्पन्न भएको छ । 'एक्टिङ स्टार' मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि छानिएको आयोजक महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।
अडिसनमा नेपालको हिमाल, पहाड, तराईका विभिन्न स्थानदेखि भारतको सिक्किम, दार्जिलिङ, वेष्ट बंगाल, मुम्बई र दुबईका पनि सहभागी भएका थिए । गायन र नृत्यको मात्र रियालिटी शोहरु सञ्चालन भईरहेको अवस्थामा 'एक्टिङ स्टार' आउने खबरले सानादेखि ठूला उमेरका सबैलाई उत्साही बनाएको अडिसनमा सहभागी हुने प्रतिष्पर्धीहरुको भनाई छ । सहभागी हुनेमा कला र अभिनयमा रुची राख्नेदेखि लामो समयदेखि कलाकारितामा समय बिताइसकेका कलाकारहरु पनि रहेकाछन् । अर्को चरणमा प्रवेश पाउने प्रतिष्पर्धीहरुको नाम केहि दिनमा सार्वजनिक गरिने र फिजिकल अडिसनको घोषणा गरिने आयोजकले जानकारी दिएका छन् ।
अभिनयका बादशाह भनेर चिनिने नीर शाह,थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’ को छनोट गर्नेछन् । अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन्। रियालिटी शो ‘एक्टिङ स्टार’ एपिवान टिभी मार्फत प्रशारण हुनेछ ।
‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। ‘एक्टिङ स्टार’ को विजेताले नगद पुरस्कार राशी सहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
