भजन शिरोमणिको जीवनमा आधारित ‘आचार्य’ अब युट्युबमा
भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र ‘आचार्य’ भिडियो साजेदारी सञ्जाल युट्युबमा सर्वजनिक गरिएको छ । चलचित्र ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा लोकप्रिय गायक सत्यराज आचार्यले आफ्ना पिता भजन शिरोमणि आचार्यको भूमिका निभाएका छन् । प्रशान्त रसाइली निर्देशित चलचित्रले भजन शिरोमणि प्रतिको सम्मान र श्रद्धाञ्जली प्रकट गरेको छ । १३ वर्षअघि पहिलो पटक प्रदर्शन भएको चलचित्र ‘आचार्य’ गत असार ७ गते पुनः सम्पादन गरी प्रदर्शन गरिएको थियो ।
चलचित्रमा भक्तराज आचार्यको जीवनका विविध पाटाहरू समेटिएको छ । सत्यराज आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, र सौगात मल्ललगायतका कलाकारले उत्कृष्ट अभिनय गरेका छन् । भक्तराज आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
