चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्त
चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्त गरिएको छ । कीर्तिपुरमा चलचित्रको पूजा गर्दै आज शुभमुहूर्त गरेको हो ।
मुहूर्त सट लिइएसँगै आजबाटै चलचित्रको छायांकन सुरु गरिएको छ । सुशान्त गौतमले निर्देशन गर्ने चलचित्रमा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहने छ ।
आगामी भदौ २७ गतेलाई रिलिज तोकेको चलचित्र पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा बन्नेछ ।
मुकेश खनालको लेखन रहेको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
