‘अमिगोस’बाट कमब्याक गर्दै आशिष पिया
सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’बाट ठूलो पर्दामा डेव्यु गरेका अभिनेता आशिष पियाले कमब्याक गर्ने भएका छन् । ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी चलचित्र ‘अमिगोस’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन् ।
मार्केन्डे डिपविम बस्नेत (मार्कु)को लेखन तथा निर्देशन रहने चलचित्र लभस्टोरी जनरामा निर्माण हुने छ । चलचित्रको छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा हुने जनाइएको छ ।
यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका मार्कुले करिव एक दशकपछि कमव्याक गर्न लागेका हुन् । बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने चलचित्रलाई विकास आचार्यले निर्माण गर्नेछन् । सुरेन्द्र रावल सह–निर्माता रहेको चलचित्रको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
