प्रदर्शन मिती तय गर्दै ‘आप्पा’को पोस्टर सार्वजनिक
जेष्ठ २४ गतेलाई प्रदर्शन मिती फाइनल गर्दै चलचित्र ‘आप्पा’को पोस्टर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई स्थान दिइएको छ ।
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । निर्देशनमा यो अनमोलको डेब्यु चलचित्र हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता माबो हाङ रहेका हुन् भने रुदेन सादा लेप्चाको लगानी रहेको छ । चलचित्रमा दयाहाङ, सिद्धान्त र अल्लोनाका अलवा तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको समेत अभिनय रहेको छ ।
चलचित्रमा अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
