‘आँधि तुफान २’को ‘कसम तिमीलाई म छोड्दिन’ सार्वजनिक

चलचित्र ‘आँधि तुफान २’को गीत ‘कसम तिमीलाई म छोड्दिन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन लिम्बु र बिनुसा राईको स्वर, विक्रम थापाको संगीत र दीपेन्द्र खड्काको शब्द रहेको छ । कमल राईको कोरियोग्राफी रहेको गीतमा कलाकारद्वय सञ्जय खतिवडा र अनमिका कार्कीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले नारी शक्तिको कथा भन्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताएका छन् । २०६४ भाद्र २७ गते प्रदर्शन भएको चलचित्र ‘आँधि तुफान’को सिक्वेल ‘आँधि तुफान २’लाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।
चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन, सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप र सम्राट थापाको पाश्र्व संगीत रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal