‘आमा’को गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’

चलचित्र ‘आमा’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीतमा भूपेन्द्र खड्काको शब्द, सुवाष भुषालको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ ।
चल–अचल दृश्य समावेश गरि सार्वजनिक गरिएको गीतले आमाले आफ्नो सन्तानका लागि गर्ने संघर्षलाई निकै गहिरो रुपमा प्रस्तुत गरेको छ । दिपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमा–छोरीको भूमिकामा देखिएका छन् । मिथिला र सुरक्षाका अलवा चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, अश्मिता खनाललगायतका कलाकारहरुको अभिनय छ ।
शर्मिला पाण्डेको लगानी रहेको चलचित्रका सह–निर्माता सन्तोष अधिकारी हुन् । फागुन ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा दिर्घ खड्काको सम्पादन, निर्देशक स्वयम्कै कथा र छायाँकन रहेको छ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi