कलेजबाट ‘ऐंचौ पैंचो’को प्रचार शुरु
कृषा चौलागाईको निर्देशन रहेको चलचित्र ‘ऐंचौ पैंचो’ले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार चलचित्रको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको प्रचार आरम्भ गरेको हो ।
कार्यक्रममा कलाकारहरु सुशिल सिटौला, राजाराम पौडल र सारदा गिरी पुगेका थिए । ओरिन्टेसन कार्यक्रमका पुगेका तीन जना कलाकारले आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ऐंचो पैंचोको बारेमा जानकारी गराएका थिए, भने सम्पुर्ण विद्यार्थीलाई चलचित्र हेर्न आग्रह समेत गरे । कार्यक्रममा चलचित्रको गीत काले केटाले तीनै जना कलाकारले नृत्य गरेका थिए ।
निर्देशक चौलागाईले अबको केही दिनमा चलचित्रको ट्रेलर सार्वजनिक गर्दै पूर्ण रुपमा चलचित्रको प्रचारमा केन्द्रित हुने बताइन् । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतको अभिनय रहेको छ । चलचित्रको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पाश्र्व संगीत र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
