सर्ट फिल्म ‘आधा लभ स्टोरी’ सार्वजनिक
एक घण्टा २ मिनेट लामो सर्ट फिल्म ‘आधा लभ स्टोरी’ सार्वजनिक गरिएको छ । कोभिड–१९ को कारण लागु गरिएको लकडाउनले आम मानिसमा पारेको नकारात्मक असरका बारेमा उक्त फिल्म निर्माण गरिएको हो ।
धरानमा छायांकन गरिएको फिल्मको कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन प्रशान्त तामाङले गरेका छन् । फिल्ममा सैव श्रेष्ठ, पवित्र शंकर, अनिता राई, रुपेन परियार, विशाल भण्डारी, विशाल श्रेष्ठ, विमस पौडेल, प्रिया कार्की, याशिन राई, अनुष्का आसमी, विद्या चौहान, आस्था आसमी, पवन तामाङ, राहुल ठाकुर, अविरल मगर, रिया सेन्चुरी, निकिता धमला लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक तामाङले लकडाउनको बेला धेरै मान्छेहरु फ्रस्ट्रेसनले गर्दा आत्महत्या र अन्य गलत बाटोमा लागेका कारण फिल्मको माध्यमबाट युवा पिढीहरुलाई सही मार्गमा ल्याउन उनीहरुलाई क्रियाशिल बनाउन फिल्म निर्माण गरिएको बताए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
