‘आ बाट आमा’को जापान राइट्स बिक्री
चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’को जापान राइट्स बिक्री भएको छ। चलचित्रलाई जापानमा चलचित्र वितरण गर्दै अएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो। निर्माण पक्ष र इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठबीच कागजी सम्झौता भएको हो ।
चलचित्रका निर्देशक चन्द्र पन्तले जापान राइट्स प्रदर्शन बिक्री गरेको बताए। उनका अनुसार यस अघि नै अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई,कतार,बहराइन र इजरायल लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ।अन्य देशमा पनि चलचित्रको प्रदर्शन अधिकार उच्च माग हुन थालेको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको गीत र टिजर रिलिजपछि अन्य देशमा पनि उच्च माग बढेको निर्माण पक्षले जनाएको छ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतको मुख्य भुमिका रहेको छ।
अभिमन्यू निरवीले लेखेको चलचित्रको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। चलचित्रको डिओपीमा नवराज उप्रेती रहेका छन् भने संगीत कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको छ। साथै, कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाको रहेको छ।
चलचित्रमा लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। यस चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाली हुन्। चलचित्र आगामी माघ १६ गतेबाट रिलिज हुँदैछ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
