Mansara

अनमोल अभिनित ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक

२०७७ कार्तिक २०
अनमोल अभिनित ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक

अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक भएको छ ।

सन् २०१९ अप्रिल १२ मा प्रदर्शन भएको यो चलचित्र डेढ वर्षपछि यूट्युबमा सार्वजनिक गरिएको हो ।

एक सेलिब्रेटी र फ्यानबीचको प्रेमकथामा आधारित चलचित्रमा अनमोलसँग सुहाना थापाको जोडी बाँधिएको छ । झरना थापा निर्देशित चलचित्रमा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा, रक्षा गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

सुहाना थापाले यही चलचित्रबाट डेब्यु गरेकी हुन । उनले डेब्यु चलचित्रबाट नै तारिफ पाएकी थिइन ।

Mahajatra