फ्राइडे रिलिज ‘दाल भात तरकारी’
चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ । मल्टिप्लेक्समा उच्च शो पाएको चलचित्रलाई देशभरका चलचित्र हलहरुले प्राथमिकताका साथ रिलिज गरेका छन् ।
मह संचारको ब्यानरमा निर्माण भएको चलचित्र कमेडी जनराको हो । सुदन केसीले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् । चलचित्र हरिवंश र निरुताले श्रीमान् श्रीमतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुता सिंहले नेपाली चलचित्र मुख्य भुमिकामा कमव्याक गरेकी छन् । ‘दाल भात तरकारी’मा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्य लगायतको अभिनय छ । चलचित्रलाई प्रस्तुतकर्ता किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् ।
चलचित्रको गीतमा प्रविन सिंह र कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । मित्र डि। गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले छायाँकन गरेका हुन् । दाल भात तरकारीमा रमिला आचार्य, नरेन्द्र कंसाकार, सुमित मैनाली, अनुराग कुँवर, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्माताको रुपमा छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
