‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जीतु र केकी उत्कृष्ट

अभिनेता जीतु नेपाल र अभिनेत्री केकी अधिकारी उत्कृष्ट अभिनेता, अभिनेत्री घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जीतुले चलचित्र ‘ज्वाइँ साब’ र केकीले चलचित्र ‘बोक्सीको घर’बाट उत्कृष्टताको अवार्ड जितेका हुन् ।
गोसाईंकुण्ड गाउँपालिका, रसुवामा गत वैशाख ४ गतेबाट सुरु भएको महोत्सवको समापन समारोहमा बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको हो । शनिबार सम्पन्न महोत्सवमा चलचित्र ‘पुजार सार्की’बाट प्रदीप खड्काले बेष्ट एक्टर (जुरी) अवार्ड र भरत रेग्मीले उत्कृष्ट सम्पादकको अवार्ड प्राप्त गरे ।
महोत्सवमा ‘अञ्जिला’ले उत्कृष्ट चलचित्र र यही चलचित्रबाट मिलन चाम्सले उत्कृट निर्देशकको अवार्ड प्राप्त गरे । यस्तै ‘बोक्सीको घर’बाट शिवराम श्रेष्ठले उत्कृष्ट छायाँकार र मनोज श्रेष्ठले उत्कृष्ट भिज्युअल इफेटको अवार्ड प्राप्त गरे । महोत्सवमा ऋषिराजा आचार्यले चलचित्र ‘द्रौपदी’का लागि जुरी मेन्सन अवार्ड र निर्देशक बसन्त निरौला ‘ज्वाइँ साब’का लागि जुरी अवार्ड प्रदान गरियो ।
यता बेष्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’का रामहरी खड्का, बेष्ट कल्चर फिल्म तामाङ ‘एप्लेङ ना नाम्सा’ले र इन्करेजमेन्ट अवार्ड रोनिस खड्काले ‘प्याकुली’बाट पाए । बेष्ट सर्ट फिल्मको अवार्ड ‘मा कामरातो’बाट निर्मल पौडेल र बेष्ट डकुमेन्ट्रीको अवार्ड ‘माझी’बाट सबिर श्रेष्ठले प्राप्त गरे ।
्
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतालाई अवार्ड तथा प्रमाण पत्र वितरण गरे । तीन दिनसम्म निरन्तर आयोजना भएको कार्यक्रममा साना र ठुला गरेर २२ फिल्म प्रदर्शन गरिएको आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् ।
कार्यक्रममा रेडियो रसुवाका पत्रकार दिपक लामालाई नगद ५ हजार ५ सय ५५ सहित ‘पत्रकारिता पुरस्कार’ र चलचित्र ‘लाज शरणम्’का निर्माता नविन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal