चौंथो संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा
चौंथो संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । ग्रामीण क्षेत्रमा चलचित्रको प्रवद्र्धनका लागि आयोजना हुँदै आएको महोत्सव आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने जनाइएको छ ।
पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् ।
उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया र कार्यशाला गोष्ठीहरु समेत गरिने जनाइएको छ।
पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
