३१ बिधामा अवार्ड प्रदान गर्दै ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न

२०८१ फागुन १२
३१ बिधामा अवार्ड प्रदान गर्दै ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न

‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ सम्पन्न भएको छ । बिभिन्न ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका महोत्सव सम्पन्न भएको हो ।

शुक्रवारबाट काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिए । सर्वोत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड सहित प्रतिष्पर्धी चलचित्रबाट राष्ट्रिय पानारोमा अन्तर्गत २५ र अन्तराष्ट्रिय पानारोमा अन्तर्गत ६ गरि कुल ३१ अवार्ड प्रदान गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा श्रीलँकाको लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, राष्ट्रिय सभाका सदस्य जगप्रसाद शर्मा, संविधानसभा सदस्य सितादेवी बौडेल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्ल, चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, जिटिजेडका प्रोग्राम म्यानेजर डा. बर्नड अल्पट तथा विभिन्न चलचित्रकर्मीको विशेष आतिथ्यता रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली चलचित्रको बजार नेपाल सहित विश्वमा बिस्तारै फैलँदै गएको बताए । यस्ता अन्तर्राष्ट्रिय महोत्सवले नेपाली चलचित्रको विकासमा ठुलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा सम्पन्न महोत्सवका निर्देशक डब्बु क्षेत्री र अध्यक्ष डा. मञ्जु मिश्र हुन् ।

Outstanding Film Journalit of The Year बिधाको अवार्ड ग्रहण गर्दै लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी ।Outstanding Film Journalit of The Year बिधाको अवार्ड ग्रहण गर्दै लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी ।


 

यस्तो छ बिभिन्न बिधामा अवार्ड विजेताको नामावालीः

 

National Panorama


 
Outstanding Film Journalit of The Year
Bishnu Prasad Subedi - LensNepal
 
 Feature Film

Best Film
 Chhaka Panja 5 - Aama saraswati Movie Pvt. Ltd.
Best Director
Shankar Ghimire - Tel Visa
Film Director - Jury Award
Deepa Shree Niraula - Chhaka Panja 5
Best Debut Director
Krisha Chaulagain - Aicho Paicho
Special Mantion Award
Draupadi - Rishi Raj Acharya
Best Actor in a leading Role (Male)
Bipin Karki - Tel Visa
Best Actor in a leading Role (Female)
Barsha Raut -  Aaicho Paicho
Jury Award - Female Actor
Ashwini Shahi - Draupadi
Best Actor in a Supporting Role (Male)
Kedar Prasad Ghimire - Chhaka Panja 5
Best Actor in a Supporting Role (Female)
Richa Ghimire – From Movie Tel Visa
Best Debut Actor
Anushka Budhathoki - Sankalpa
Best Music Composer
Hercules Basnet - Khulla Aakas (London To Paris)
 
Short Film

Best Short Film and Director
The Tree Man - Santosh Subedi
Best Actor
Kripa Pyakurel - No smoking Please
Special Mention Award 
No smoking Please (Bhupendra Kumar Khadka)
Best Students Short Movie
The School Wal – Mohan Avilasi
 
Musical Short Film

Best Film and Director
Sonam Pakhrin – Timi aasu Rahechhau
Best Actor
Sanam Kathayat  -  Bhulnai Garo Bho
Best Actress
Pabitra Shanki (Miss Pabi) - Bhulnai Garo Bho
Best Singer
Hemanta Shisir - Sangai Juni Katamla
Dance Choriographer
Rabita Magar - Think About You
 
Indigenous Film

Best Indigenous Film and Director
K 2 – Director Sagar Kerung
 
Documentary and Docudrama

Best Documentary and Docudrama/Director
Shiva Puri - Degined to Disappear
Best Editor
Shiva Puri - Degined to Disappear
 
International Panorama

Best African Movie
Good Mother - South Africa
Best African Documentary
Zaid - Morocco
Best Film
Sauda - Bangladesh
Best Documentary
Loni Tunes - India
Short Documentary - Jury Award
The Temple of Eternal Sound -Argentina
Short Film - Special Mention Award
Giant Puppets For Digniofied Mensruations - UK

तस्विर : बद्री थापा