‘१२ सत्ताइस’को फष्टलुक सार्वजनिक
चलचित्र ‘१२ सत्ताइस’को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले तिहारको अवसर पारेर फष्टलुक पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य कलाकार देखिएका छन् ।
जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल ,काजि राना, अस्मिता लामिछाने, समरान्त थापा, अभोनराज उप्रेती, भिष्म जोशी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ३ जना युवा बेरोजगारको कथामा चलचत्र निर्माण भएको हो ।
ह्याप्पी प्लानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई रेणु राना, दीपक खतिवडा र रुपक थापाले मिलेर निर्माण गरेका हुन् । चलचित्रको प्रदर्शन मिति मंसिर २७ लाई तय गरिएइको छ ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
