‘१२ सत्ताइस’को प्रदर्शन स्थगित, नयाँ मिति माघ ३

चलचित्र ‘१२ सत्ताइस’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि मंसिर २७ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र अब भने माघ ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
चलचित्रको प्रचारका लागि समय नपुगेको र केही प्राबिधिक काम समेत नसकिएको भन्दै चलचित्रको प्रदर्शन मिति पछि सारिएको जनाइएको छ । निर्माण कम्पनी ह्याप्पी प्लानेटका तर्फकाट निर्माता रेणु राणा र निर्देशक जैन योञ्जनले बिज्ञप्ती जारी गर्दै वितरकससँगको सल्लाहमा नयाँ प्रदर्शन मिति तोकिएको जनाएका छन् ।
कमेडी जनराको चलचित्रमा नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । सजिलै पैसा कमाउन कसरी १२ सत्ताइस गर्नुपर्छ भन्ने कुराकै वरिपरि चलचित्र घुमेको छ । चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायतका कलाकारको अभिनय छ ।
जोन योञ्जन निर्देशित चलचित्रमा निर्देशक योञ्जनकै कथा, दीपक आरजेको संगीत, अनिश श्यांग्देनको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ । रेणु राणा, दीपक खतिवडा र रुपक थापा निर्माता रहेको चलचित्रका सह निर्माता गौतम शाह हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal