Mansara

विराजको ‘१२ गाउँ’मा न्यान्सी अनुबन्धित

२०८० फागुन १६
विराजको ‘१२ गाउँ’मा न्यान्सी अनुबन्धित

विराज भट्टको निर्देशन रहने चलचित्र ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन् । खड्का मिस नेपाल इन्टरनेशनल २०२२ हुन् ।

अभिनेता विराजले यसको पुष्टि गर्दै अनुबन्धन सम्झौता भइसकेको जानकारी दिएका छन् । ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो चलचित्रको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं’, विराजले भने । विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमाअमेरिकाबाट स्नातक गरेकी छन् ।

उनी केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेश्नल’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन । यसका अलावा न्यानसीले मानसिकस्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन्।

यसै चलचित्रबाट एक्सन स्टार भट्टले आफ्ना छोरा समीर भट्टलाई अभिनयमा डेब्यू गराउँदै छन् । चैत १५ बाट चलचित्रको छायाँकन शुरु हुनेछ । सन्तोष सरकारको कथा तथा पटकथा रहने चलचित्रमा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् ।