चलचित्र ‘१२ सत्ताईस’ निर्माण हुने
चलचित्र ‘१२ सत्ताईस’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा जौन योन्जनको लेखन तथा निर्देशन रहने छ । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो ।
चलचित्रमा समिर श्रेष्ठ, अविषेक नेपाल, अस्मिता लामिछाने, काजी राना, सम्रान्त थापा, एभन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायतका कलाकारको अभिनय रहने छ । बैशाख ३१ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा दीपक आजेको संगीत, निर्देशक जौन योन्जनको कथा, पटकथा तथा संवाद, प्रकाश मल्लको गीत लेखन, अनिस स्यांदेनको छायाँकन, विवेक लामाको मुख्य सहायक निर्देशन, शंकर बहादुर थापाको मेकअप, कृष्ण भण्डारीको सम्पादन रहने छ ।
चलचित्रलाई रेणु राणा, दीपक खतिवडा र रुपक थापाले मिलेर निर्माण गर्दैछन् । यही टिमले यसअघि हेमराज बिसीको निर्देशनमा चलचित्र ‘द ब्रेकअप’ निर्माण गरेको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
