चलचित्र '११:५५' को ट्रेलर सार्वजनिक

केशव पाण्डेको डेव्यु निर्देशकिय चलचित्र '११:५५' (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको लगायतको अभिनय रहेको छ । चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।
निर्देशक पाण्डेले आफुलाई फरक काम गर्न मन लाग्ने भएकाले डेव्यु चलचित्र नै क्राइम थ्रिलर जनरा छानेको बताए । आफ्नो सोच अनुरुप नै कलाकार छानोट गरिएको र ती कलाकारबाट उत्कृष्ट काम निकालेको उनको भनाई छ । पोष्ट प्रोडक्सनमा केही समय लागेकाले पनि चलचित्र रिलिजमा समय लागेको उनले जानकारी दिए ।
चलचित्रमा अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको चलचित्रटोग्रफी र पासाङ दावा शेर्पाको सम्पादन रहेको छ ।
बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।

Latest Updates
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel