Chha Maya Chhapakkai
UA 145 mins Feature Film ComedyOct 11, 2019Hall Release
News
प्रदर्शन मिति तय गर्दै ‘छ माया छपक्कै’को गीत सार्वजनिक
प्रदर्शन मिति तय गर्दै चलचित्र ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार ‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक गर्दै निर्माण पक्षले असोज २४ लाई चलचित्रको प्रदर्शन मिति आधिकारिक रुपमै घोषणा गरेको हो ।
सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द, बसन्त थापाको संगीत, बसन्त र मिना निरौलाको स्वर र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, सुपुष्पा भट्ट, रजनी गुरुङलगायतका कलाकारलाई फिचर गरिएको छ । पश्चिमेली भाकामा बनेको गीतले ‘मानो रोपेर मुरी भित्र्याउने’सम्मको परिवेशलाई भिडियोमा उतारेको छ ।
रोहित अधिकारीले निर्माण रहेको चलचित्र दीपक-दीपाको प्रस्तुति हो । दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा निर्देशक लामाकै कथा, दीपकराज गिरीको पटकथा, अभिमन्यु निरबी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालको संवाद रहेको छ ।
जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरी (भान्जा), ताराचन्द बजगाईं (निशान), केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगी सहनिर्माता हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire







