News
योगेन्द्र उपाध्यायको ‘बाचेका थियौ’ सार्वजनिक
संगीतकार योगेन्द्र उपाध्यायको गीत ‘बाचेका थियौ’ सार्वजनिक गरिएको छ । राधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा उपाध्यायको संगीत, स्वररुपराज आचार्यको स्वर र डा. विनु बाबा अर्यालको शब्द रचना रहेको छ ।
नयाँ बानेश्वर स्थीत होटल अर्यालमा आयोजित एक कार्यक्रमका बिच चर्चित संगीतकार तथा राष्ट्रिय लोक साँस्कृतिक संघका उपाध्यक्ष दिपक शर्मा, चर्चित गायक तथा राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका महासचिव नमराज ढुङ्गाना, कान्तिपुर दैनिकका कपी इडिटर तथा पुस्तक सम्पादक पारस प्रकाश नेपाल, इभेण्ट निर्देशक तथा ब्युटि पेजेण्ट एसोसियसन नेपालका महासचिव निशु कान्त झा र संगीतकार उपाध्यायले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै संगीतकार उपाध्यायले सार्वजनिक गीतबारे प्रष्ट पारेका थिए । स्याड भर्सनको यो गीतमा शब्दको भाव अनुसारकै संगीत सृजना गर्ने आफ्नो कोसिस रहेको उनको भनाई छ । उनले सधै आफ्ना अघिल्ला गीतभन्दा केही न केही भिन्न सृजना गर्न रुचाउने आफ्नो स्वभाव रहेको भन्दै सार्वजनिक गीतको मुल्याङ्कन गर्ने जिम्मा अब स्रोताहरु सँग रहेको बताए ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रिय लोक साँस्कृतिक संघका उपाध्यक्ष शर्माले उपाध्याय अब्बल दर्जाको संगीतकार रहेको बताए । आफुले उपाध्यायद्वारा संगीतवद्ध गीतहरु सुन्ने गरेको भन्दै उनका सृजना आफैमा उत्कृष्ट हुने गरेको शर्माको भनाई छ । उपाध्यायले संगीतको औपचारिक अध्ययन गरेकोले पनि उनको संगीतमा एउटा गीतमा आवश्यक पर्ने सम्पूर्ण कुराहरु उत्कृष्ट तवरले संयोजन हुने गरेको शर्माले बताए ।
यस्तै राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका महासचिव ढुङ्गानाले ‘बाचेका थियौ’ स्वर, शब्द र संगीतको उत्कृष्ट संगम भएको बताए । एउटा गीत तयार हुन शब्द, संगीत र स्वर मात्र नभएर संगीत संयोजन र ध्वनी मिश्रण समेत शशक्त रहनु पर्ने बताउँदै सम्पादक नेपालले ‘बाचेका थियौ’ हरेक तरिकाले अब्बल गीत भएको जनाए ।
सार्वजनिक गीतको समिक्षा गर्दै कान्तिपुर दैनिकका कपी इडिटर तथा पुस्तक–सम्पादक नेपालले उपाध्याय शब्दको भाव अनुसारको संगीत सृजना गर्न सफल भएको बताए । साथै उपाध्यायको संगीतमा गाम्भियर्ता र शिष्टता झल्किएको उनको भनाई छ ।
यस्तै इभेण्ट निर्देशक झाले उपाध्यायका गीतमा मौलिकता भेटिए बताए । नेपाली मौलिकतालाई टपक्कै टिपेर गीतमा प्राण भर्ने उपाध्यायको शैलीले आम जनमानसमा उनका गीतसंगीतलाई लोकप्रिय बनाएको झाको भनाई छ ।
कार्यक्रममा बरिष्ठ गीतकार डब्बु क्षेत्री, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, बरिष्ठ गीतकार दयाराम पाण्डेय, चलचित्र निर्देशक माधवराज खरेल, डश म्युजिकका प्रबन्ध निर्देशक तथा चर्चित संगीतकार शंकर थापा स्माइल, संगीतकार सुवास जोशी, गीतकार डा. अर्याललगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





