News
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । गत माघ ९ गते सम्पन्न पाँचौं महाधिबेशनबाट निर्वाचित कार्यसमतिलाई आज काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका बिच निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा गायक तथा गीतकार राजेन्द्र कुमार कार्की, बरिष्ठ उपाध्यक्षमा गायक, संगीतकार तथा गीतकार अमृत खाती, उपाध्यक्ष कार्यक्रम तर्फ संगीतकार दिपक शर्मा, उपाध्यक्ष संगठन तर्फ गायक कृष्ण काफ्ले, महासचिवमा संगीतकार योगेन्द्र उपाध्याय, सचिवमा सञ्चारकर्मी कमला जोशी, कोषाध्यक्षमा कलाकर्मी सरिता जिरेल, सहसचिवमा ध्वनी सम्पादक मनोज परियार र सदस्यहरुमा कलाकार नम्रता खरेल, मोडल तथा गायक दिपेन्द्र सोनाम, गायिका शोभा जि.सी., छायाँकार राजन खरेल, आईटी एक्सपर्ट डेविल सिंह राजपुत निर्वाचित भएका छन् । संघमा सम्पूर्ण पदाधीकारी निर्विरोध निर्वाचित भएका छन् ।
नयाँनिर्वाचित कार्यसमितिले नेपाली लोकसंस्कृति तथा नेपाली मौलिक कलाको जगेर्ना गर्नको लागि विभिन्न व्यक्ति, समुदाय एवं संस्थाहरुसंग सहकार्य गरि काम गर्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताएका छन् । यस्तै नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रर्वद्धनका लागि संस्थाका गतिबिधीलाई बृहत बनाउँदै लगिने नवनिर्वाचित महासचिव उपाध्यायले जनाएका छन् ।
कार्यक्रममा संगीतकार शंकर थापा ‘स्माईल’ र संगीतकार तथा गायक रमेश पाठकलाई संस्थाको बिधान बमोजिम मानार्थ सदस्यता प्रदान गरिएको छ । यस्तै नवनिर्वाचित कार्यसमितिले चलचित्र निर्देशक डा. घनश्याम खतिवडा, चलचित्र निर्देशक माधव राज खरेल, बरिष्ठ सञ्चारकर्मी विष्णु सुवेदी र संगीतकार राजेन्द्र बजगाई लगायतलाई सल्लाहकार सदस्यमा नियुक्ति गर्दै प्रमाण पत्र समेत प्रदान गरेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





