This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
रंगशाला बनाउन ‘यात्रा’को ५० हजार
चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ टिमले ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा भरतपुर चितवनमा निर्माण गर्न लागिएको रंगशालाका लागि चलचित्र यात्रका तर्फबाट निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुगी संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।
नयाँ वर्षको अवसर पारी प्रदर्शन हुन लागेको चलचित्रले सामाजिक उत्तरदायित्व अन्र्तगत उत्तः सहयोग उपलव्ध गराउको जनाइएको छ । सहयोग ग्रहण गर्दै फाउण्डेसनका अध्यक्ष धुर्मुस अर्थात सिताराम कट्टेलले चलचित्रको सफलताको शुभकामना दिदै सहयोग प्रति आभार व्यक्त गरेका छन् । थोपा थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा रहेकोले यो सहयोग अमुल्य रहेको बताउँदै धुर्मुसले सबैको साथ र सहयोगको अपेक्षा समेत राखेका छन् । रंगशाला सहयोग अभियान अन्र्तगत हुन् लागेको मातृभूमि कप क्रिकेट प्रतियोगीतामा समेत यात्रा टिम सहभागी हुने भएको छ ।
यात्रामा सलिन मान बनिया, मलिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनालीलगायतका कलाकारको अभिनय रहेको छ ।
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari

