This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ पोष्टपोण्ड

‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ पोष्टपोण्ड भएको छ । हङकङमा पछिल्लो समय भइरहेको आन्दोलनका कारण देखाई अवार्डलाई केही समय पछि सारिएको निर्माण पक्षले जनाएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको अवार्ड अब भने सन् २०२० मे २४ तारिखमा आयोजना हुने भएको छ ।
अवार्ड आयोजक संस्था एभरेष्ट इन्टरटेन्मेन्टका प्रमुख लोकराज लिम्बुले हङकङमा चलिरहेको आन्दोलनका कारण अवार्डको लागि हल र मिति तय गरेपनि स्थगित गर्नुपरेको बताए । उनका अनुसार तीन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा अवार्ड आयोजना हुनेछ ।
अवार्डको नेपाल संयोजनको जिम्मा लिएको संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले अवार्डमा सन् २०१८ र सन् २०१९ मा रिलिज भएका चलचित्रलाई समावेश गरेर २ बर्षको अवार्ड वितरण गर्ने जनाएका छन् । उनका अनुसार, सन् २०१८ का विजेता नेपालमै घोषणा गरेर हङकङ लैजाने तयारी गरिएको छ । यस्तै, सन् २०१९ का फिल्म मध्ये उत्कृष्ट ३ विधामा पर्ने फिल्मकर्मीलाई अवार्डमा सहभागी गराइनेछ । अवार्डको जुरी संयोजकको रुपमा कलाकार सुनिल थापा छन् ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi