हङकङमा एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड हुने
हङकङमा ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ हुने भएको छ । सन् २०१९ को जुनमा आयोजना हुने अवार्डमा २० विधामा पपुलर अवार्ड प्रदान गरिने जनाइएको छ ।
अवार्डमा सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरु सहभागी हुन पाउनेछन् । जसमा तिन विधा आदिवासी फिल्मको पनि रहनेछन् भने एक चलचित्रकर्मीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जनाइएको छ ।
एभरेष्ट इन्टरटेनमेन्ट हङकङको व्यवस्थापन र नेपाल स्थित संगीक्षा फिल्मसको संयोजनमा अवार्ड सम्पन्न हुने जनाइएको छ । अवार्डलाई मनोज केसीले कोर्डिनेट गर्नेछन् भने नरेश भट्टराईले संयोजन गर्नेछन् । तिन हजार पाँच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा अवार्ड आयोजना हुनेछ ।
आउदो मार्चमा अवार्डको मनोनयन सर्वाजनिक गर्दै अवार्ड आयोजनाको मिति सार्वजनिक गरिने जनाइएको छ । निर्णायकका रुपमा भने कलाकार सुनिल थापालाई मात्र परिचित गराइएको थियो । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुने समेत बताइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
