Rishi Raj Acharya   Director
Movie's Credit : Cast / Director / Producer / Story / Screenplay / Dialogue / Lyricist
Song's Credit : Cast / Director

News

४३ दिनमा सकियो ‘चुरीफुरी’ 

लेन्सनेपाल २०७७ फागुन १०
४३ दिनमा सकियो ‘चुरीफुरी’ 

चलचित्र ‘चुरीफुरी’ को छायाँकन सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको चलचित्रको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले दिएका छन् ।

आरबि मुभीजको ब्यानरमा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारको अभिनय गरेको चलचित्र राहुल राईले खिचेका हुन् ।

निर्देशक आचार्यकै लेखन रहेको चलचित्रको निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल छन् । सहनिर्मातामा भने बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको चलचित्रका गीतमा समीर आचार्य,बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रको कला निर्देशक बिजय आचार्य छन् । 

कथाको मागअनुरुप नै चलचित्रमा नयाँ तथा हाँस्य ब्याङ्ग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्य बताउछन् । चर्चित मोडेल अभिषेक श्रेष्ठले हिरोका रुपमा डेब्यु गरेको ‘चुरीफुरी’ को सम्पादन नवीन निरौलाले गरिरहेका छन् । नवप्रतिभाहरु अडिसन मार्फत छनौट गरिएको बताउदै निर्देशक आचार्यले ‘चुरीफुरी’ को प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी दिए ।