Rishi Raj Acharya   Director
Movie's Credit : Cast / Director / Producer / Story / Screenplay / Dialogue / Lyricist
Song's Credit : Cast / Director

News

चलचित्र ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७८ मंसिर १०
चलचित्र ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ ।

पौने तीन मिनेट लामो ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रबिन्द्र झा, शिसिर भण्डारी,दीपक आचार्य (काकु),सुबोध गौतम,पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा), राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्री त्रय पूजा पन्त,सोना बज्राचार्य र रिन्जिन गुरुङलाई प्रस्तुत गरिएको छ । आरबि मुभीजको ब्यानरमा निर्माण भएको चलचित्र पुष ९ गते प्रदर्शन हुने छ ।

निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) निर्माता रहेको चलचित्रका सहनिर्माता बिमला भुसाल, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी हुन् । चलचित्रमा दीपक शर्माको संगीत, भीमफेदी गाइजको कोरियोग्राफी, राहुल राईको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ ।