Rishi Raj Acharya   Director
Movie's Credit : Cast / Director / Producer / Story / Screenplay / Dialogue / Lyricist
Song's Credit : Cast / Director

News

अनाथ आश्रमलाई ‘चुरीफुरी’ को सहयोग

लेन्सनेपाल २०७८ पौष ६
अनाथ आश्रमलाई ‘चुरीफुरी’ को सहयोग

चलचित्र ‘चुरीफुरी’ ले अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरेको छ । आउदो शुक्रबार अर्थात ९ पुषबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्रका तर्फबाट निर्देशक ऋषिराज आचार्य सहितको टिमले म्हेपीमास्थित पिएम नेपाल नामक अनाथालयमा उक्त सहयोग प्रदान गरेको हो । आचार्यले उक्त आश्रममा आश्रीत बालबालिकालाई खाना खुवाउनुका साथै जाडोका लागि आबश्यक न्याना लत्ताकपडाका साथै एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिएका छन् ।

जिम्मेवार नागरिकको सामाजीक दायित्व अन्तर्गत आफूले दिल गोदारको साथमा ‘चुरीफुरी’को तर्फबाट अनाथ बालबालिकालाई सहयोग गरेको उनले बताए । सहयोग बितरण कार्यक्रममा निर्देशक आचार्यसहित ‘चुरीफुरी’ का कलाकार उपस्थित थिए । शुक्रबारदेखि एकल प्रदर्शनमा उत्रने तयारीमा रहेको चलचित्रले अहिले प्रचारप्रसारलाई तिव्रता दिइरहेको छ ।

आरबि मुभीजको ब्यानरमा निर्मित फिल्ममा अभिषेक श्रेष्ठ, रबिन्द्र झा, सुबोध गौतम, दीपक आचार्य, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, सुरवीर पण्डित, तुलसीप्रसाद श्रेष्ठ, राजेन्द्र खाती, राजीवजंग बस्नेत, मनिल तामाङ, रश्मी भट्ट, ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । राहुल राईले खिचेको चलचित्रमा दीपक शर्माको संगीत र भीमफेदी गाइजको कोरियोग्राफी छ । नविन निरौलाले सम्पादन गरेको चलचित्रको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी रहेका छन् भने निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल (भण्डारी) छन् ।