Rishi Raj Acharya   
Movie's Credit : Director / Producer / Story / Screenplay / Dialogue / Lyricist

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

मोफसलका दर्शक माझ चुरीफुरी टिम

लेन्सनेपाल २०७८ पौष १५
मोफसलका दर्शक माझ चुरीफुरी टिम

चलचित्र चुरीफुरी निर्माण टिम दर्शक प्रतिक्रियाका लागि मोफसलका हलहरुमा पुगेको छ । गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको यो चलचित्रका निर्देशक ऋषिराज आचार्य, नायिका सोना बज्राचार्य र कलाकार तुलसी प्रसाद श्रेष्ठ सहितको टोली पोखरालगायत बिभिन्न स्थानका हलमा पुगेको हो ।

बिभिन्न हलहरुमा पुगेको चलचित्र टिमले दर्शकसँग चलचित्रको प्रतिक्रिया समेत लिएको थियो । जहाँ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको जनाइएको छ । निर्देशक आचार्यका अनुसार चलचित्रको माउथ पब्लिसिटी राम्रो भएको छ । जसले गर्दा केही स्थानका हलहरुमा चलचित्र दोस्रो सातामा पनि पदर्शन हुने भएको छ ।

बैदेशिक रोजगारी र जग्गा कारोबारीमा हुने ठगीको विषयमा चलचित्र केन्द्रित छ । चलचित्रमा पछिल्लो पुस्ताका चर्चित हाँस्य कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा हाास्य कलाकारहरु रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुबोध गौतम, पवन खतिवडा, सुरवीर पण्डित, सुनीता श्रेष्ठलगायतको अभिनय रहेको छ । यस्तै यसै चलचित्रबाट अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङले अभिनयमा डेब्यु गरेका छन् ।

आरबी मूभिजको व्यानरमा निर्देशक आचार्य स्वयम् र रीना ढकाल निर्माता रहेको चलचित्रका सहनिर्माता बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा हुन् । चलचित्रमा निर्देशक आचार्यकै लेखन, राहुल राईको छायाँकन, नवीन निरौलाको सम्पादन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कलानिर्देशन र दीपक शर्माको संगीत रहेको छ ।