News
चुरीफुरी’लाई युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘चुरीफुरी’को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रलाई सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको छ ।
कमेडी जनरामा निर्माण भएको चलचित्र हेरेपछि सेन्सर बोर्डका पदाधिकारीले राम्रो प्रतिक्रिया दिएको निर्देशक ऋषिराज आचार्यले बताएका छन् । उनले चलचित्रले दर्शकको मन जित्ने बिशवास समेत लिएका छन् ।
चलचित्रमा नव–कलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत मुख्य भूमिकामा छन, भने रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुबोध गौतम, पवन खतिवडा, सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायतको पनि अभिनय रहेको छ । आगामी पुस ९ गते अर्थात डिसेम्बर २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा निर्देशक आचार्यकै लेखन रहेको छ ।
आरबी मूभिजको व्यानरमा निर्देशक आचार्य स्वयम् र रीना ढकाल निर्माता रहेको चलचित्रका सहनिर्माता बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा हुन् । चलचित्रमा राहुल राईको छायाँकन, नवीन निरौलाको सम्पादन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कलानिर्देशन र दीपक शर्माको संगीत छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

