Rajesh Payal Rai   
Movie's Credit : Cast / Music Director / Playback Singer
Song's Credit : Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

राजेश पायलसँग प्रचण्डले गरे १६ वर्ष अघि आफैले घटाएको घट्ना प्रति दुःख ब्यक्त

लेन्सनेपाल २०७८ फागुन ५
राजेश पायलसँग प्रचण्डले गरे १६ वर्ष अघि आफैले घटाएको घट्ना प्रति दुःख ब्यक्त

राजेश पायल राई नेपाली गीत संगीतको मूधन्य व्यक्तित्व । थुप्रै बिधाका हजारौं गीतमा उनले स्वर दिएका छन् । लाखौं, लाख फ्यान कमाएका छन् । उनको जादुमय स्वरले आम जनता मात्र होइन उच्च पदस्थहरु समेत मोहित छन् । उनका थुप्रै प्रसंसक छन् । तिनै प्रसंसकहरुको बिचमा देखिए माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि । प्रचण्ड निकट संगतिकर्मी चेतन सापकोटाले उनी राजेशको प्रसंसक भएको जानकारि दिएका छन् ।

उनै प्रचण्ड र राजेश बिच बिहिबार झण्डै एक घण्टा कुराकानी भएको छ । त्यो पनि प्रचण्डकै निमन्त्रणमा उनकै निवास खुमलटारमा । दुई हप्ता अघि नै प्रचण्डका स्वकियले राजेशलाई फोन गरि अध्यक्षले भेट्न चाहेको बताएका थिए । तर, राजेशको व्यस्तताले समय दिन सकेनन् । बुधबार साँझ चेतन सापकोटाले फोन गरे । कुरा उही प्रचण्डले भेट्ने इच्छा ब्यक्त गरेको । फलतः बिहिबार दुई जनाबिच भेट भयो । हुन त बिहिबार अन्य कलाकार्मीले पनि प्रचण्डलाई भेटेका थिए तर, राजेशको कथा अलिक फरक छ ।

यो कथा शुरु हुन्छ राजाको सक्रिय शासन कालबाट । राजेश पायल राईका बुबा राप्रपाका नेता हुन् । उनी खोटाङका जिल्ला सभापति थिए । शाहीकालमा माओबादीले उनका बुबालाई समेत तार्गेट गर्‍यो । २०६२ सालको कुरा हो एकदिन राजेशको घरमा माओबादीले बम बिष्फोट गरायो । राजेशकी आमा र दाईलाई अपहरण गर्‍यो । घर जलेर ध्वस्त भयो । केही समयमा उनीहरु अपहरण मुक्त भए । तर, पनि उनी गाँउमा बस्न सकेनन् । उनी बिस्थापित भएर देश नै छोड्न बाध्य भए । युके गएर लामो समय बसे तर, राजेशले यो घट्नालाई इगोका रुपमा कहिल्यै लिएनन् । आफु कुनै दलमा आवद्ध नरही स्वतन्त्र भएको भन्दै द्वन्द्वकालिन घट्नाका रुपमा बुझे । उनले परिवर्तनलाई आत्मसाथ गर्दै आए । पार्टी भन्दा पनि नेताको क्षमताका आधारमा सपोर्ट गर्ने राजेशले अन्य पार्टीका नेताहरु जस्तै प्रचण्डका पनि राम्रो कामको खुलेरै तारिफ गर्थे । तर, प्रचण्डको मनमा भने उक्त घट्ना अझै बसेको रहेछ । त्यसैले त होला झण्डै १६ वर्ष पछि राजेशसँगको भेटमा उनले उक्त घट्ना प्रति दुःख ब्यक्त गरे । राजेशका अनुसार प्रचण्डले तत्लो तहका नेता कार्यकर्ताले बिबेक पुर्‍याउन नसक्दा यस्ता घट्ना घट्न गएको भन्दै राजेशसँग दुःख ब्यक्त गरेका हुन् । प्रचण्ड आफैले दुःख ब्यक्त गरेपछि राजेशले उक्त बिषयलाई थप कोट्याउन चाहेनन् । तर, संयोग के भने उनै बुबा आमा राजधानी आएका कारण उहाँहरुलाई समय दिदा प्रचण्डसँग भेट्ने समय दिन नसकेका राजेशले आज मात्र बुबा आमालाई युके पठाएका छन् ।

राजेशसँगको कुराकानीमा प्रचण्डले उनको गायकीको खुलेरै प्रसंसा गरेका छन् । राजेशका गीतहरु आफुले सुन्ने गरेको मात्र बताएनन् उनको सादगीपनको समेत तारिफ गरे । 

त्यसो त राजेशले बर्तमान राजनीतिक घट्नाक्रम र एमसीसीका बारेमा आफुले चासो राखेको बताएका छन् । उनको चासो पछि प्रचण्डले देशलाई घाटा हुने कुनै काम आफुले नगर्ने बरु सरकार छाड्ने बताएको राजेशले जनाएका छन् । राजेशका अनुसार शसस्त्र युद्धको कमाण्ड सम्हालेका भए पनि प्रचण्ड कोमल मनका छन् ।