Neeta Dhungana   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

नीता र हरिहरले गरे विवाह

लेन्सनेपाल २०७९ आषाढ २४
नीता र हरिहरले गरे विवाह

अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले विवाह गरेका छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा नजिकका आफन्त तथा साथीभाईलाई मात्र बोलाइएको छ ।

केही वर्षको प्रेमलाई पूर्णता दिँदै दुवैले आज विवाह गरेका हुन् । नीताले केही दिन अघि नजिकका साथीलाई ब्याचलर पार्टी दिएकी थिइन् । बुधबारमात्र उनले मेहेन्दी तथा संगीत समारोह गरेकी थिइन् ।

विवाहपछि उनले आइतबार सोही होटलमा पार्टी दिँदैछिन् । बिहेलगत्तै हरिहर र नीता दुवै जना निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’को काममा लाग्नेछन् ।