News
‘प्रसाद’को प्रिमियर शो सम्पन्न, चलचित्रलाई मिल्यो उत्साहजनक प्रतिक्रिया
प्रतिक्षित चलचित्र ‘प्रसाद’ को प्रिमियर गरिएको छ । बुधवार साँझ राजधानीको बिग मुभिजमा सम्पन्न प्रिमियरमा चलचित्रकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोमा उपस्थित चलचित्रकर्मी र मिडियाकर्मीबाट चलचित्रले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । खासगरि चलचित्रले उठाएको कथावस्तु र कलाकार सहित निर्देशकिय क्षमतालाई धेरैले उत्कृष्ट भनेका छन् ।
शुशिल पौडेलको लेखन रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । शुभाष थापाको निर्माण रहेको चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भुमिका रहेको छ ।
प्रिमियर शोमा चलचित्र हेर्न चर्चित चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । बसुन्धरा भुषाल, चैत्य देवी, भुवन केसी, निर्मल शर्मा, रमेश उप्रेती, दीपकराज गिरी, रेनाशा वान्तवा राई, दिवाकर भट्टराई, केशव भट्टराई, शोभित बस्नेत, युवराज चौलागाई, हेमराज बिसी, दिपेन्द्र के खनाल, रामबाबु गुरुङ, माधब वाग्लेलगायतका थप्रै चलचित्रकर्मीहरु प्रिमियरमा सहभागी थिए ।
निस्सन्तान दम्पतीको कथाव्यथा समेटिएको चलचित्र ‘विवाहपछिको प्रेमसम्बन्ध र त्यसपछि सन्तान नहुँदा सम्बन्धमा आइपर्ने उतारचढाव फिल्ममा समेटिएको’ निर्देशक राउतले बताएका छन् । चलचित्र शुक्रबारदेखि सार्वजनिक प्रदर्शन हुँदैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




