News
पिम नेपालको अध्यक्षमा खरेल, उपाध्यक्षमा शंकर र आर्जन
पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को अध्यक्षमा माधबराज खरेल निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
असोज २९ गते सोमबार राजधानीमा सम्पन्न निर्वाचनबाट अध्यक्षतामा खरेल, बरिष्ठ उपाध्यक्षमा गायक पुर्ण बहादुर राई, प्रथम उपाध्यक्षमा संगीतका शंकर थापा ‘स्माईल’, द्धितिय उपाध्यक्षमा गायक आर्जन पाण्डे, महासचिवमा निर्माता एवम् संचारकर्मी कमला कुमारी जोशी, उपमहासचिवमा मोडल तथा कलाकार प्रतिक्षा काफ्ले, सचिवमा गायक नारायण थापा, कोषाध्यक्षमा छायाँकार राजन खरेल तथा सदस्यहरुमा राममणी ढकाल, सपना जोशी, नम्रता खरेल, समिर खान, कृष्णा आचार्य ‘रोशनी’ लगायत निर्वाचित भएका छन् ।
समारोहमा संस्थाले बार्षिक रुपमा विभिन्न ब्यक्तित्वहरुलाई गर्दै आईरहेको सम्मानलाई यो वर्ष पनि निरन्तरता दिएको छ । बिभिन्न बिधामा रहेर समाजमा उल्लेखनिय योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । जसमा शारिरिक सुगठनका गोल्ड मेडलिष्ट खेलाडी संजीव श्रेष्ठ, साहित्यकार अनु शाह, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झा, महिला उद्यमी तथा चलचित्र निर्माता सारदा श्रेष्ठ, संचारकर्मी, समाजसेवी तथा पिम नेपालका संस्थापक सचिव राजन थापा गायिका अनिता कुँवर, मोडल स्मारिका ढकाल र समाजसेवी गीता सिंह लगायतकालाई सम्मान गरिएको हो । सम्मानित ब्यक्तित्वहरुलाई राष्ट्रगानका रचनाकार ब्याकुल माईला, चलचित्र कलाकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौला, संगीतकार राजु शाह, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, द्धन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, गायक तथा पिम नेपालका सल्लाहकार सिताराम पोखरेल, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान र गायक तथा संगीतकार कन्हैया सिंह परियारले संयूक्त रुपमा सम्मान गरेका थिए ।
संस्थाका कानुनी सल्लाहकार समेत रहेका अधिबक्ता हरि बहादुर कार्की प्रमुख निर्वाचन अधिकृत, रोयल्टी संकलन समाजका महासचिव बी. पाण्डे र पत्रकार जिवन पराजुली निर्वाचन अधिकृत रहेको टिमले नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गराएको हो ।
संस्थाले राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड), पिम नेपाल फिल्म फेष्टिवल लगायत राष्ट्रिय रुपमा ख्याति कमाएका कार्यक्रमहरुको संचालन गर्दै आईरहेको छ । विशेषत नेपाली गीतसंगीत, कला, साहित्य, भाषा, संस्कृति र सम्पादाको प्रवद्र्धनमा संस्था क्रियाशिल रहँदै आएको छ ।
संचारकर्मी विष्णु सुवेदीले संचालन गरेको कार्यक्रममा बरिष्ठ पत्रकार बिजयरत्न तुलाधर, एनसिपीएका अध्यक्ष राजेन्द्र बजगाई, भरत बमजन, जुगल डंगोल, सन्तोष श्रेष्ठ, निर्देशक ऋषि लामिछाने, सुचित्रा श्रेष्ठ, दिनेश पाख्रिन, रश्मि भट्ट, बबिता श्रेष्ठ, लव प्याकुरेल, देबेन्द्र पाण्डे, संचारकर्मीहरु कुवेर गिरी, डब्बु क्षेत्री, तुलसी गिरी भावुक, गीता अधिकारी, सानु श्रेष्ठ, सुर्य चन्द, रेडियोकर्मी हेम सुवेदी, कलाकार श्रीदेव भट्टराई, मोडल सनम कठायत, संगीतकर्मी ज्योती प्रकाश, राजेन्द्र पुरी, केन्जुमा सुब्बा, अमृत खाती, सामना साह, ईन्जिनियर रमेश शिवशंकर, ब्यवसायि विशाल खड्का, माउण्ट एभरेष्ट आरोही गीतकार पुरुषोत्तम सानु, फोटोग्राफर बद्रि थापा लगायतका विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सभापतित्व बरिष्ठ कलकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौलाले गरेका थिए ।
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari


