News
माधवको निर्देशनमा हिन्दी गीत ‘ओ वेवफा’को भिडियो

चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत ‘ओ वेवफा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा माधव राज खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ ।
नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।
झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् ।
नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने म्युजिक भिडियोमा सम्पादन क्यामोदिन मियाँले गरेका छन् । त्यसै गरी स्थिर छायांकारका रुपमा राजन खरेल रहेको उक्त म्यूजिक भिडियोलाई एनिमेटर तथा निर्देशक समेत रहेका समिर मियाँले रंगसंयोजन गरेका हुनर । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त म्युजिक भिडियोलाई निर्माता तथा पत्रकार कमला जोशीले निर्माण गरेकी हुन ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota