News
माधवको निर्देशन रहेको लघुचलचित्र ‘मृत्युकोष’को छायाँकन सम्पन्न
चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा लघुचलचित्र ‘मृत्युकोष’को छायाँकन सम्पन्न भएको छ । काठमाण्डौ ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको मृत्युकोषलाई मुकेश हुँमागाइले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । उक्त चलचित्रमा बिक्रम गौतमको मेकअप रहेको छ ।
चलचित्रमा एक जना मानिसले आफ्नो जिवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्याहरुलाई उठान गरिएको छ । नेपाली परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा बृद्धबृद्धाहरु पर्ने गरेका छन् । यसै विषय बस्तु भित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाको लागि पनि यो चलचित्रको निर्माण भएको निर्देशक खरेलले बताएका छन् ।
चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय देख्न सकिने छ ।
एरा प्रोडक्सनको प्रस्तुती र संचारकर्मी कमला जोशी निर्माता रहेको उक्त चलचित्रलाई खरेलले नै लेखेका हुन् । विगत लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक माधव राज खरेलले नेपालको पहिलो मौन चलचित्र ढुङगे युग, बिरानो माया, ढुङ्गे युग २, कुईनेटो, दुर्गामाण्डौ, हेवे करैते भोर, गढीमाई, चिट्ठी लगायत चलचित्रहरुको निर्देशन गरिसकेका छन् । खरेलकै निर्देशन तथा लेखनमा निर्माण सम्पन्न भईसकेको चलचित्र चिट्ठी प्रदर्शनको तैयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari


