News
स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल सम्पन्न
लेन्सनेपालकर्मी बिष्णु सुबेदी सम्मानित
लेन्सनेपालकर्मी बिष्णु सुबेदी सम्मानित भएका छन् । राजधानीमा सम्पन्न स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ का अवसरमा उनलाई सञ्चारकर्मी सम्मान अर्पण गरिएको हो । करिब डेढ दशकदेखि चलचित्र पत्रकारिताका माध्यमबाट पुयाएको योगदानको कदर गर्दै सुबेदीलाई उक्त सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ ।
स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ सम्पन्न भएको छ राजधानीमा आयोजित एक कार्यक्रमका बिच फेष्टिवलमा सहभागी चलचित्रबाट बिभिन्न बिधाका उत्कृष्ठलाई पुरस्कृत गरिएको छ । स्पाइनी मुभिज प्रा.लीको आयोजनामा सम्पन्न फेस्टिवलमा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, बिजय रत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय, पत्रकार सुमन बैरागी, ज्योती प्रकाश लगायत नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
नेपाली चलचित्रको प्रवद्र्धन लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दे आएको स्पाइनी मुभिज प्रा.ली. ले नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने र आफ्नो कला संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्य लिएर पहिलो पटक यस किसिमको फेष्टिवलको आयोजना गरेको आयोजक समितिका अध्यक्ष डा. हुस्नेत आजादले बताएका छन् । गत मे १ मा सम्पन्न हुन पर्ने कार्यक्रम कोभिड १९ का कारणले स्थगित भएको थियो । सिमित कलाकर्मी र संचारकर्मीहरुको विचमा अगष्ट १८ मा एक समारोहका विच कार्यक्रम समापन गरिएको थियो
यस्तो छ अवार्ड बिजेताको विवरण
अन्तराष्ट्रिय अवार्ड विजेता सर्ट फिल्मः
र्टोटड ः डायरेक्टर अफ फोटोग्राफी (पाकिस्तान)
नक ः सर्वोत्कृष्ट अन्तराष्ट्रिय स्क्रिप्ट (फिलिपिन्स)
हाउसब्रेकिंगः सर्वोत्कृष्ट अन्तराष्ट्रिय लघु फिल्म (भारत)
हाउस ब्रेकिंगः सर्वोत्कृष्ट अन्तराष्ट्रिय निर्देशक (भारत)
राष्ट्रिय वृत्तचित्र अवार्ड विजेता
२०९७ साल (सर्वोत्कृष्ट छायांकार) ः दिपेन महर्जन र मोहन कुमार
ओसिस –सर्वश्रेष्ठ राष्ट्रीय लघु वृत्तचित्र ः (जैस्पर न्यौपाने, रस्मिता लिम्बु)
काठमांडू देखी गोक्यो सम्म ट्रेकिंग – (सर्वोत्कृष्ट राष्ट्रीय वृत्तचित्र फिल्म पर्यटन) (निर्देशक माधब राज खरेल, निर्माताः कमला जोशी र पूर्ण राइ)
राष्ट्रिय चलचित्र अवार्ड विजेता
लम्फू ः सर्वोत्कृष्ट अभिनेता – संजीत भंडारी
लक्ष्मी पूजा ः सर्वोत्कृष्ट निर्देशक – समीर मियाँ
कुईनेटो सर्वोत्कृष्ट छायांकार – जीवन पराजुली
कुईनेटो ः सर्वोत्कृष्ट चलचित्र – माधव राज खरेल
राष्ट्रिय लघु चलचित्र अवार्ड विजेता
बिस्कुन ः सर्वोत्कृष्ट नेशनल इंस्पिरेशनल – गणेश उपाध्याय
फागुनिया ः सर्वोत्कृष्ट निर्देशक –सरिता शाह
जुनको जुत्ता ः सर्वोत्कृष्ट नेशनल मोटिवेशनल – केदार श्रेष्ठ
प्रिष्टः सर्वोत्कृष्ट स्क्रिप्ट लेखन – तिल थापा मगर
द रेड मून ः सर्वोत्कृष्ट छायांकार – रबिन श्रेष्ठ र लुजाव सिंह
वार आफ्टर वारः सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र –– राजेश श्रेष्ठ
वेदानाः सर्वोत्कृष्ट कृषि लघु चलचित्र – अशोक पाठक
कन्फिडेन्सः सर्वोत्कृष्ट एजुकेशनल लघु चलचित्र – डा. नजीम सेख
सम्मान
चलचित्रकर्मी सम्मान ः ऋषि लामिछाने
संचारकर्मी सम्मान ः विष्णु सुवेदी
चलचित्रकर्मी सम्मान ः लक्ष्मण सुवेदी
निर्णायक समुह
शिव परियार ः पाश्र्व गायक
गोपाल ढकाल ः कमेडी अभिनेता
जिवन थापा ः चलचित्र लेखक÷ निर्देशक
दयाराम घिमिरे ः बृत्तचित्र निर्देशक एवं संचारकर्मी
रविचन्द्र कोईराला ः छायांकार
आयुष श्रेष्ठ ः लेखक तथा निर्देशक
भुुपेन्द्र अधिकारी ः चलचित्र सम्पादक
सुरज पौडेल ः गायक
अच्युत बजगाई ः भिज्युअल ईफेक्ट आर्टिष्ट
साहिल खान ः चलचित्र सम्पादक
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




